कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७ सय ३० क्विन्टल केराउ बरामद

कान्तिपुर संवाददाता

परासी — प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।

७ सय ३० क्विन्टल केराउ बरामद

बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले बताए । बरामद भएको केराउ आवश्यक अनुसन्धानका लागि महेषपुर भन्सार पठाइएको छ ।

७ वटा भ्यान र ३ वटा ट्रकमा भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरीले अनुसन्धानका लागि भन्दै केराउ बरामद गरेको हो । प्रहरीले केही दिनअगाडि मात्र करिब २२ लाख रुपैयाँको केराउ जिल्लाका विभिन्न सीमाबाट बरामद गरेको थियो ।

प्रकाशित : श्रावण १४, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?