१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कोरोना नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवा माग्दै रिट दायर

रूपा गहतराज

नेपालगन्ज — बाँकेका अधिकारकर्मी र कानुन व्यवसायीहरुले कोरोना रोकथाम, नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवाको मागदाबीसहित उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा मंगलबार परमादेशको रिट निवेदन दायर गरेका छन् ।

नेपाल बार एशोसिएसन, एडभोकेसी फोरम नेपाल, महिला कानुन र विकास मञ्च, फियान नेपाल, आवद्ध अधिवक्ताहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता हित संरक्षण मञ्चमा आबद्ध अधिकारकर्मीहरुलगायतले संयुक्त रुपमा रिट दायर गरेका हुन् । रिट निवेदमा संविधानको धारा १४४(१)(२), न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१), उच्च अदालत नियमावली, २०७३ को नियम ४२ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२) बमोजिम अन्तरिम आदेशसहित परमादेशको आदेशलगायत उपयुक्त आदेश जारी गरी प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, संक्रमित रोगबाट बच्ने पाउने अधिकार, स्वास्थ्यसम्बन्धी अधिकार संरक्षणका लागि रिट निवेदकले मागदाबी गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

मुद्दामा भेरी अस्पताल, भेरी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, बँके, जिल्ला कोभिड—१९संकट व्यवस्थापन संचालन केन्द, जिल्ला स्वास्थ्य कार्यालय, बाँके समेतलाई बिपक्षी बनाइएको छ । मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार हुने छ ।

प्रकाशित : असार ८, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?