१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीमा रहेको किसान फिड मिल प्रालिमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किँदा बारा कलैया उपमहानगरपालिका-१९ का २५ वर्षीय शाविराज मियाँको मृत्यु भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली खड्काले बताए ।

खड्काका अनुसार मिलमा रंग लगाउने क्रममा कम्प्रेसर मेसिन पड्किँदा नसरुद्दिन मियाँ र इसराद्दिन मियाँ घाइते भएका छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?