२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सशस्त्र प्रहरीले गोली चलाउँदा युवक घाइते

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । 

सशस्त्र प्रहरीले गोली चलाउँदा युवक घाइते

नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्रले गोली चलाएको गोली लागेर प्रतापपुर–६ का २२ वर्षीय अभिनाश राजभर घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।

नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा भारत जान खोजेका राजभरलाई सशस्त्र प्रहरीले रोकेको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा सशस्त्र प्रहरीका नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएका छन् ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल–भारत सीमानजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताए । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको छ । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण गोली चलाएको आरोप लगाएका छन् ।


प्रकाशित : जेष्ठ ५, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?