कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

बर्दियामा एक साता निषेधाज्ञा

कमल पन्थी

बर्दिया — कोभिड–१९ को संक्रमण जोखिम रोकथामका लागि स्थानीय प्रशासनले वैशाख १३ गतेदेखि १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको छ । कोभिड संक्रमण फैलिँदै गएपछि आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति लगायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको छ ।

बर्दियामा एक साता निषेधाज्ञा

अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै बन्द रहने भएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले वित्तीय सेवाका एटीएमबाहेक सबै सेवा बन्द रहने जनाए । 'सरकारी कार्यालय सबै बन्द हुनेछन्,’ उनले भने, ‘खानेपानी, विद्युत, स्वास्थ्य सेवा, औषधि पसल, दमकल लगायत सुरक्षा निकाय भने खुला रहनेछन् ।'

यस बाहेक खाद्यान्न, तरकारी दैनिक उपभोग्यका सामान स्वास्थ्य मापदण्ड पूरा गरी खरिद बिक्री गर्न पाउनेछन् ।

निषेधाज्ञा १३ गतेदेखि भनिए पनि स्थानीय व्यवसायीले एक दिन समय बढाएर लैजान माग गरेपछि स्थानीय प्रशासन लचिलो हुँदै १३ गते बेलुकीबाट कडाइका साथ आदेशको पालना गराउने प्रजिअ सुनारले जनाए ।

प्रकाशित : वैशाख १२, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?