२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बर्दिया निकुञ्‍जमा गैंडा गणना सुरु

६० जना गणक र १० वटा हात्ती परिचालन
कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट गैंडा गणना थालिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र डल्ला ब्लकबाट गणना सुरु गरिएको हो । दुई साताभित्र गणना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले गणनामा ६० जना प्राविधिक (गणक) र कर्मचारी तथा १० वटा हात्ती परिचालन गरिएको बताए । ठाउ“–ठाउ“मा क्यामेरा ट्र्यापिङ राखिएको छ । गैंडा गणनाको नतिजा वैशाख पहिलो साता राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसर पारेर घोषणा गरिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए । यस वर्ष गैंडा बढ्न सक्ने अनुमान गरिएको छ । १२ वर्षयता चोरीसिकार न्यूनीकरण भएपछि निकुञ्जमा गैंडाको संख्या बढ्दै गएको श्रेष्ठ बताउ“छन् । ६ वर्षअघि निकुञ्जमा २९ वटा गैंडा फेला परेका थिए । पछिल्लो पटकको अनुगमनमा ३७ वटा गैंडा भेट्टाइएको थियो ।

श्रेष्ठका अनुसार चितवन निकुञ्जबाट बर्दियामा विभिन्न समयमा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये सशस्त्र द्वन्द्वका समयमा चोरीसिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मरेका थिए । गैंडा मारिने क्रम २०६५ सालसम्म कायम थियो । चोरीसिकार नियन्त्रण गर्न सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ३१ स्थानमा पोस्ट खडा गरेको छ । यसले गैंडाको चोरीसिकार नियन्त्रणमा आएको सेनाको दाबी छ । सन् २०१५ यता गेरुवा तटीय क्षेत्रमा १३ र बबई उपत्यकामा ५ गरी १८ वटा गैंडा मरेका थिए । ती गैंडा प्राकृतिक कारण, आपसमा जुधेर र बाघको आक्रमणबाट मरेका राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा. रवीन कडरियाले बताए ।

निकुञ्जको बबई उपत्यका गैंडाका लागि उचित बासस्थान मानिन्छ । कर्णाली तटीय क्षेत्र, हात्ती मचान र गैंडा मचानलगायत क्षेत्रमा पनि गैंडा देखिन्छन् ।

प्रकाशित : चैत्र १८, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?