कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा एक बाघ नियन्त्रणमा

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा–४ को गोला सामुदायिक वनबाट बुधबार एक बाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा बाघ नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु विशेषज्ञ डा. नरेश सुवेदीले नियन्त्रणमा लिएको बाघ भाले भएको बताए । उक्त बाघ क्यामेरा ट्रयापिङमा पटकपटक कैद भएपछि प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघ समस्याग्रस्त भएको डा. सुवेदीले बताए ।

नियन्त्रणमा लिइएको बाघलाई पशु एम्बुलेन्समा राखेर रम्मापुरमा लगिने भएको छ । निकुञ्जको मुख्यालय ठाकुरद्वारामा बाघ राख्ने दुईवटा खोर नभएकाले यसलाई रम्मापुरमा पठाइने प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जनाए । यसअघि कात्तिक १५ गते बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट एक बाघलाई डार्ट अर्थात् लठ्याएर नियन्त्रणमा लिइएको थियो । उक्त बाघ अहिले पनि निकुञ्जको मुख्यालयको खोरमा छ ।

प्रकाशित : चैत्र ४, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?