कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

दिउँसो ३ बजेतिर निगुरो टिप्न गएका ४ महिलामध्ये ठाकुरबाबा नगरपालिका—७ मोहनापुरकी ६२ वर्षीया डल्ली राउतको बाघको आक्रमणमा परी मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जनाए ।

अन्य ३ जना महिला सकुशल रहेका छन् । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले चोरी बाटो हुँदै उनीहरु निकुञ्जको सीमा क्षेत्रभन्दा करिब ५ किलोमिटर भित्र पसेको बताए । सुरक्षा व्यवस्था कडा हुँदाहुँदै उनीहरु निकुञ्जभित्र चोरी बाटो हुँदै निगुरो टिप्न गएका थिए । निकुञ्ज घटनास्थल नजिक राउतको शव फेला परेको श्रेष्ठले जनाए ।

गत साउनयता बर्दियामा बाघको आक्रमणबाट ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा निकुञ्ज प्रशासनले सचेतना गराइरहेको छ ।

प्रकाशित : चैत्र ३, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?