२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी मधुवन—३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको हो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए । बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए । उनको शव दशगजामा फेला परेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव उठाएर पोस्टमार्टमका लागि गुलरिया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक मगरले जनाए ।

प्रकाशित : फाल्गुन २६, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?