सिल गरिएका क्षेत्रमा सेना परिचालन

मधु शाही

बाँके — नेपालगन्जका केही कोरोना जोखिमयुक्त स्थान सिल गरिएका छन् । यस अवधिभर बाहिर निस्कन नदिन सेनासमेत परिचालन गरिएको छ । शनिबार राति १२ बजेदेखि सिल गरिएका क्षेत्रमा सेना परिचालन गरिएको हो । निषेधाज्ञासँगै सिल गरिएकाले स्थानीयको अटेरी व्यवस्थापन गर्न सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । 

सिल गरिएका क्षेत्रमा सेना परिचालन

भीडभाड हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय बलियो बनाएको उनले सुनाए । त्यस्तै, घरमै बसेर कोरोनाविरुद्ध लड्न सकिने भन्दै कुनै पनि समस्या परे प्रशासनलाई फोन गर्नसमेत उनले अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत् सम्पर्क नम्बर खुलाएर सिडिओले यस्तो जानकारी दिएका हुन् । सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमान चोक खण्डको पूर्वी क्षेत्रमा पर्ने बाँके गाउँ हुँदै नहरपूर्वादखि बसपार्क क्षेत्रमा सील गरिएको छ ।


प्रकाशित : श्रावण २५, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?