कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पा रामपुरमा पहिरोले दुई घर पुरिए 

रामपुर-नवलपरासी कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध
माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले रामपुर नगरपालिका–१, स्यालीबजारमा पहिरोले दुई पुरिएका छन् । पहिरो खसेको थाहा पाएर मानिसहरु भाग्न सफल भएकाले मानवीय क्षति भने भएको छैन । अन्य तीन घर जोखिममा परेका छन् । 

पाल्पा रामपुरमा पहिरोले दुई घर पुरिए 

स्थानीय दानस मल्लका अनुसार लक्ष्मी मल्ल र गमबहादुर मल्लको घर पहिरोले पुरेको हो । पहिरोले घर पुरेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । बालकुमारी मल्ल, सुर्य श्रेष्ठ, सूर्यमाला मल्लको घर उच्च जोखिममा छ । रामपुर नगरपालिका–१, स्याउलीबजारदेखि मित्याल जाने सडक चौडा गर्ने क्रममा जथाभावी फ्याँकेको ढुंगामाटोका कारण ५ घर जोखिममा परेको स्थानीयले बताएका छन् । सोही ढुंगामाटो बगेर घर पुरिएको बताइएको छ ।

यसैबीच, अविरल वर्षाका कारण रामपुरदेखि पूर्वी नवलपरासी जाने कालीगण्डकी करिडोरको दर्जन बढी स्थानमा ठूलाठूला पहिरो खसेको छ । पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आर्यभन्ज्याङ्गदेखि रामपुर जाने सडकको बेलडाँडाबाट निस्दी गाउँपालिका केन्द्र जाने सडकका विभिन्न स्थानमा पहिरो खसेको स्थानीय धनबहादुर ठाडाले बताए । हुमीनबाट पूर्वखोला गाउँपालिका केन्द्र जाने सडक पनि पहिरोले बगाएको छ । रम्भा गाउँपालिका केन्द्र खोकखोला जाने सडकमा पनि ठूलो पहिरो खसेको छ । जिल्लाका ग्रामीण सडकमा पनि अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?