रुकुमपूर्वमा सलहले बालीमा क्षति

हरि गौतम

रुकुमपूर्व — जिल्लामा लामो समयसम्म सलहले नछाडेपछि स्थानीय सरकार तथा वडा कार्यालयले सूचना जारी गरेका छन् । सलह आउन नदिन, धुँवा निकाल्ने, थाल तथा अरु बजाउने जस्ता काम गर्न स्थानीयलाई अनुरोध गरिएको हो । 

सलहले मकै, आलु लगायतको वर्षे बाली र अरु वनजंगलमा समेत क्षति पुर्‍याएको छ । गत असार १६ गते भूमे गाउँपालिका–१,२, ७ लगायतका क्षेत्रमा पहिलो पटक आएको सलह जिल्लाभर फैलिएको छ ।

भूमे गाउँपालिकाका १, २, ३, ७ मा धेरै क्षति पुगेको छ भने अरु ६ वडामा पनि सलहले क्षति पुर्‍याएको छ । २ नम्बर वडा गावाङका जगतसिङ बुढामगरले सलहका कारण मकै, आलुमा ठूलो क्षति गरेको बताए । उनका अनुसार कतै कतै मकैको सबै पात र जंगलका रुखका पात समेत सकाइसकेका छन् ।

सिस्ने गाउँपालिका–२, का अध्यक्ष जीवन केसीले वडा र आसपासका क्षेत्रका बालीमा सलहले ठूलो क्षति गरेको बताए । उनका अनुसार हाल भूमेका साथै सिस्ने गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडामा सलह घुमिरहेको छ ।

सलह पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

यसैबीच भूमे गाउँपालिकाले प्रतिकिलो ४० का दरले किनेर सलह जलाउने गरेको छ । प्रदेश ५ सरकारले दिएको २० रुपैयाँमा गाउँपालिकाले २० रुपैयाँ थपेर प्रतिकिलो ४० का दरले सलह खरिद गरिरहेको छ । हालसम्म गाउँपालिकाले २ सय ७१ किलो सलह खरिद गरेर नष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ राजमार्ग खुल्यो 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन—बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बिहानैदेखि अवरुद्ध सडक सुचारु भएको छ । दुवैतर्फबाट सडक डिभिजन पाल्पाले पहिरो सफा गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन ढिलाइ भएको हो । 

पहिरो सफा गरेपनि जोखिम भने कायमै रहेको उनले बताए । उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पााच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।

प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीका अनुसार जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै छ । ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने रातिको यात्रा कठिन हुनसक्छ ।’ दुई वर्षअघि यही स्थानमा माथिबाट पहिरो खस्दा कार दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । वर्षासागै राजमार्गको दोभान बजार नजिकै पैठेडााडामा लेदोसहितको पहिरो खसेका कारण बन्द भएको सडक पनि सुचारु भएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । पााच दिन अघि पनि सोही ठाउामा पहिरो खसेर तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित : श्रावण २, २०७७ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×