२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयको अवरोध

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका १३ जनालाई नेपालगन्ज ल्याउँदा स्थानीयले अवरोध गरेका छन् । स्थानीयले गरेको अवरोधका बीच एक जना संक्रमित भागेका थिए । उनलाई शनिबार नियन्त्रणमा लिएर नेपालगन्ज ल्याइँदैछ ।

संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयको अवरोध

प्रहरीसहितको एम्बुलेन्सलाई बाटोमै अवरोध गरिँदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेका थिए ।

नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार भिडलाई थेग्न नसकेपछि सुरक्षाकर्मीसहितको एम्बलेन्सको टिमले श्रक्रबार १२ बजे १२ जनालाई लिएर फर्किएको थियो । एक जना संक्रमित गाउँमै लुकेर बसेको मिश्रले जानकारी दिए ।

भागेका एक जनालाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयमा प्रवत्ता तथा डीएसपी शिवबहादुर सिंहले बताए । ‘एक जनालाई पनि नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने ,‘हाम्रो टिम उनलाई लिन जाँदैछ ।’ यसअघि पनि संक्रमित नेपालगन्ज ल्याउन स्थानीयले अवरोध गरेका थिए ।

शुक्रबार पुष्टि भएको संख्यासँगै बाँकेमा कोरोना संक्रमित भएकाको संख्या एक सय १५ पुगेको छ । नरैनापुरमा मात्र ८६जना नेपालगन्जमा २५, खजुरामा २ र राप्तीसोनारीमा एक जना संक्रमित भएका छन् । यीमध्ये नरैनापुरमा एक जनाको मृत्यु भइसकेको छ भने शुक्रबार नेपालगन्जमा २१जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?