३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाँकेमा आइसोलेसन वार्ड अभाव

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिँदै गएपछि आइसोलेसन वार्ड अभाव भएको छ । बुधबारमात्रै ६ नयाँ संक्रमित भेटिएका छन् । सबैभन्दा प्रभावित नरैनापुर गाउँपालिका ५ का ५ जना र खजुरा गाउँपालिकामा १ जना कोरोना संक्रमित पुष्टि भएको हो । नरैनापुर गाउँपालिकामा यसअघि ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

बाँकेमा आइसोलेसन वार्ड अभाव

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार अन्य व्यक्तिहरुको स्वाब परीक्षणकै क्रममा छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गरिएको थियो । मंगलबार बाँकेमा ३ सय ४७ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालका बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए । उनका अनुसार आइसोलेसन वार्ड बनाउनेबारे छलफल भइरहेको छ ।

नरैनापुरका ५९ संक्रमितलाई नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा राखिएको छ । त्यहाँ २६ मात्रै आइसोलेसन वार्ड छन् ।

नेपालगन्ज उपमहानरपालिकाले हालसम्म आइसोलेसन वार्ड बनाउन सकेको छैन । डेन्टल अस्पतालमा २६ जनालाई राख्ने र बाँकीलाई कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय गरिएको छ । तर तालिम केन्द्रमा भारतबाट आएका २५ जनालाई क्‍वारेन्टाइन बनाएर राखिएका कारण संक्रमित व्यक्तिलालई राख्न नसकिएको हो । कोहलपुरका स्थानीयले संक्रमित व्यक्तिहरुलाई ल्याउन नदिन भन्दै विरोध जनाएका थिए । कृषि तालिम केन्द्रमा बसेका २५ जनाको पीसीआर जाँचपछि उनीहरुलाई अन्यत्र सर्ने जनाइएको छ । उनीहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा राख्ने तयारी गरेपछि स्थानीयले पनि विरोध जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले आइसोलेसन वार्डको व्यवस्थापनपछि उनीहरुलाई अन्यत्र सार्ने बताए । ‘हाललाई डेन्टल अस्पतालमै राखिएको छ । आइसोलेसनको व्यवस्थापनपछि सार्छौ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?