१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाँकेमा कोरोना जाँचको दायरा बढाइयो, ५६ को रिपोर्ट नेगेटिभ

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा कोरोना भाइरस संक्रमण रोक्‍नका लागि जाँचको दायरा बढाइएको छ । शनिबार पनि स्वाब संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा कोरोना जाँचको दायरा बढाइयो, ५६ को रिपोर्ट नेगेटिभ

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाहिरबाट ल्याइएका ७ जनाको स्वाब परीक्षण भइरहेको र शनिबार नै रिपोर्ट आउने जानकारी दिए ।

उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा संकलन गरिएको ५६ स्वाब परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको छ । वैशाख २५ गते खजुरा गाउँपालिकाका उढरापुर, सोनपुर, रानीयापुरलगायत स्थानका १७, खजुराका १, नेपालगन्जको बीपीचोकमा ३० र मेडिकल कलेज नेपालगन्जको ८ गरी ५६ जनाको स्वाब संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको जाँच रिपोर्ट नेगेटीभ आएको बताए । यसअघि बुधबार १ सय ८३ जनाको ट्रेसिङ गरिएकोमा १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

गत शुक्रबार एक जनामा कोरोना पुष्टि भएसँगै नेपालगन्जमा संक्रमितको संख्या २४ पुगेको छ । उनीहरु नेपालगन्ज उपमहानगरपालिका ८ का हुन् ।

नेपालगन्जको बीपीचोक नजिकको धार्मिक स्थलमा स्वाब संकलनका लागि तयारी गरिँदै । तस्बिर: ठाकुरसिंह थारु/कान्तिपुर

प्रकाशित : वैशाख २७, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?