कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बुटवलको कोरोना अस्पतालमा युवकको मृत्युबारे छानबिन माग

सन्जु पौडेल

रुपन्देही — कांग्रेसतर्फका प्रदेशसभा सदस्यले बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु घटना निष्पक्ष छानबिनको माग गरेका छन् ।

बुटवलको कोरोना अस्पतालमा युवकको मृत्युबारे छानबिन माग

प्रदेश सांसद रमा अर्याल र फखरुद्दीन खानले बिहीबार इमेलमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र पठाउँदै कोरोना विशेष अस्पतालमा गत चैत १६ गते सैनामैनाका बाबुराम थापा मृत्युप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं निष्पक्ष छानबिनको माग गरेका हुन् । पीडित परिवारलाई राहत र क्षतिपूर्ति व्यवस्था गर्न पनि उनीहरुको माग छ ।


पीडितलाई राहत प्याकेज र दुई नाबालक छोराको शिक्षादीक्षा एवं पालनपोषणको व्यवस्था गरी थापाको शव उठ्ने वातावरण अविलम्ब बनाउन प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालको आइसोलेसन वार्डमा गत चैत १३ गते भर्ना भएका ३४ वर्षीय थापाको आइतबार मृत्युको भएको थियो । सोमबार काठमाडौंबाट आएको उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।


बुटवल उपमहानगरपालिका र प्रदेश सरकार मातहतको लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा संचालित कोरोना अस्पतालमा भेन्टिलेटर, आईसीयूजस्ता अत्यावश्यक उपकरण जडान नगरी सञ्चालन गर्नु र बिरामी भर्ना लिनु गलत भएको उक्त पत्रमा ठहर गरिएको छ ।


यस्तै बाबुराम थापाको उपचार अभावमा मृत्यु भएको भन्दै तरुण दल रुपन्देहीले उचित क्षतिपूर्तिको माग गरेको छ । उनको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण रिर्पोट नेगेटिभ आएपछि अहिले उक्त अस्पतालमा किन लगिएको भन्ने गम्भीर प्रश्न उठेको तरुण दलले उल्लेख गरेको छ ।


तरुण दलका जिल्ला सचिव रमेश शाहीले बिहीबार विज्ञप्ति निकालेर मृत्युको कारणबारे जानकारकी दिन नसक्ने अस्पताल प्रशासन, प्रदेश र स्थानीय सरकारप्रति गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?