३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खेलकुद मैदानमा बन्यो क्‍वारेन्टाइन स्थल

गिरुप्रसाद भण्डारी

प्यूठान — गृह मन्त्रालयबाट आएको टेन्ट प्रयोग गरी प्यूठान नगरपालिका–४ स्थित गणतान्त्रिक खेलकुद मैदानलाई बिहीबार क्‍वारेन्टाइन स्थल निर्माण गरिएको छ । कोभिड १९ का सम्भावित बिरामीलाई लक्षित गरी ५० जना राख्‍न सकिने गरी क्‍वारेन्टाइन निर्माण गरिएको हो । प्यूठान नगरपालिका र ईन्द्रध्वज गण खलंगाले क्‍वारेन्टाइन स्थल निर्माण गरेको हो ।

खेलकुद मैदानमा बन्यो क्‍वारेन्टाइन स्थल

हेल्थ क्याम्पसहितको क्‍वारेन्टाइनस्थल निर्माण भएको ईन्द्रध्वज गणले जनाएको छ । क्‍वारेन्टाइन स्थलमा खानेपानी, शौचालयलगायत भौतिक पूर्वाधारको व्यवस्थापनको काम धमाधम भइरहेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।


यस्तै प्यूठानमा सबै स्थानीय तहहरुले समेत ५ देखि १० बेडसम्मका क्‍वारेन्टाइन स्थल निर्माण गरेका छन् । लकडाउनको समयमा समेत भारतबाट विभिन्न नाका हुँदै भाग्दै जिल्ला आएकाहरुलाई क्‍वारेन्टाइनमा राख्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।


विदेशबाट आएकाहरुको लगत लिने काम पालिकामार्फत भइरहेकाले उनीहरुलाई सम्झाइबुझाई बिहीबार बेलुकाबाटै क्‍वारेन्टाइनमा बसाल्न थालिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले जानकारी दिए ।

प्रकाशित : चैत्र १३, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?