बेंसीसहर–डुम्रे सडक र बेंसीसहर–चामे सडक खुल्यो

श्रावण १३, २०८१

आश गुरुङ

Bensisahar-Dumre road and Bensisahar-Chame road were opened

लमजुङ — बाढीपहिरोका कारण आइतबार बिहानैदेखि अवरुद्ध डुम्रे–बेंसीसहर सडक र बेंसीसहर–चामे सडक खुलेको छ । 

डुम्रेतर्फ बेंसीसहर नगरपालिका १, उदिपुर बजार, अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलालक्षेत्रमा पहिरो खसेको थियो । सबै ठाउँमा खसेको पहिरो हटाएको र सवारी आगमन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए । उनका अनुसार बेंसीसहर–पोखरा सडकअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दरबजार नगरपालिका ५, तार्कुखहरेमा बाढीले सडक बगाएकोमा मर्मत गरिएको र सवारी सञ्चालन भएको उनले बताए ।

बेंसीसहर–चामेतर्फ बेंसीसहर नगरपालिका ६, उत्तीसघारी खरखरेमा पहिरो जाँदा आइतबार बिहानैदेखि अवरुद्ध सडक खुलाइएको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका ४ हावाडाँडा क्षेत्रमा खसेको पहिरो हटाएसँगै सवारी चलेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully