पौडी खेल्ने क्रममा हर्पनखोलामा डुबेर दुई जनाकाे मृत्यु 

श्रावण ४, २०८१

प्रतीक्षा काफ्ले

Two people drowned in Harpankhola while swimming

कास्की — पाेखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखाेलामा शुक्रबार पाैडी खेल्ने क्रममा डुबेर दुई जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार पाेखरा महानगरपालिका-१ माेहरिया टाेलका १८ वर्षीय प्रकृत बुद्वचार्य र पाेखरा महानगरपालिका-२ बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

उनीहरुको शव सशस्त्र प्रहरी बल कालिका गणबाट गएको टोलीले उद्धार गरी निकालेको गणपति (एसपी) अरूण शर्मा पौडेलले जानकारी दिए । 

प्रतीक्षा

Link copied successfully