कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विनयी खोलामा बाघ मृत फेला

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको विनयी खोला किनारमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख केशव अघिकारीका अनुसार बुधबार साँझ स्थानीयले खोला किनारमा बाघ मृत देखेपछि खबर गरेका थिए ।

विनयी खोलामा बाघ मृत फेला

त्यसपछि वन कार्यालय र प्रहरीको टोलीले दुम्कीबासस्थित वन कार्यालयमा बाघ ल्याएको छ । बाघको पछिल्लो भागमा जंगली जनावरले टोकेको जस्तो देखिएको वन अधिकारीले जनाएका छन् । बाघको आज पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए । पोथी बाघ मृत फेला परेको हो ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×