कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान सर्वसम्मत

पोखरा — गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन । पार्टीले उनलाई सर्वसम्मत्रुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।

माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान सर्वसम्मत

चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ । ‘पार्टीले सर्वसम्मत्रुपमा दलको नेतामा मलाई निर्णय गरेको छ, ’ उनले भने, ‘आइतबार संसदीय दलको बैठक बसेर पारित हुनेछ ।’ चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । पछिल्लो गठबन्धनमा चुमानले मुख्यमन्त्रीमा दाबी गर्दै आएका भए पनि एमालेका खगराज अधिकारीको सम्भावना बढी देखिन्छ ।

प्रकाशित : पुस १७, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?