कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गण्डकीमा एमाले संसदीय दलको नेतामा अधिकारी

कास्की — नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलको नेता चयन भएका हुन् ।

गण्डकीमा एमाले संसदीय दलको नेतामा अधिकारी

दलको नेताका लागि खगराजको एकल उम्मेदवारी परेको पार्टी गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले जानकारी दिए । आइतबार बिहान १० बजे बसेको पार्टीको बैठकले निर्वाचन समिति गठन गरेको थियो ।

पार्टी प्रदेश सचिव दवाडीको अध्यक्षतामा गठन गरिएको निर्वाचन समितिको सदस्यमा पार्टीका उपसचिवद्वय मञ्जु अधिकारी र रश्मी आचार्य रहेका थिए । पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय राजनीति अनुकूल पार्टीको छलफलअनुसार नै खगराजको एकल उम्मेदवार परेको दवाडीले बताए ।

बैठक गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो । बैठकपश्चात् निर्वाचन कार्यतालिमा सार्वजानिक गरिएको थियो ।

प्रकाशित : पुस १०, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?