कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स हस्तान्तरण

हरिराम उप्रेती

गोरखा — पर्यटन व्यवसायी प्रेम खत्रीले यहाँका ५ स्थानीय तहलाई ६ वटा एम्बुलेन्स उपलब्ध गराएका छन् । सम्भव नेपाल मार्फत उनले गोरखा नगरपालिकालाई दुईवटा, शहिद लखन, भिमसेन, गण्डकी र धार्चे गाउँपालिकालाई १–१ वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरेका हुन् ।

पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स हस्तान्तरण

एउटा एम्बुलेन्सलाई १२ लाख रुपैयाँ परेको उनले बताए । बुधबार नै यहाँका स्थानीय तहमा सम्भव नेपालले स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेको छ । ‘६ वटा एम्बुलेन्सलाई ७२ लाख खर्च भएको छ, स्वास्थ्य सामाग्री समेत गरेर झण्डै एक करोड बराबरको सामाग्री हस्तान्तरण गर्‍यौँ,’ उनले भने । प्रत्येक एम्बुलेन्सका लागि एक/एक थान अक्सिजन सिलिण्डर र स्टेचर उपलब्ध गराइएको छ ।

५० हजार पिस मास्क, आठ सय लिटर सेनिटाइजर, ३०/३० थान फेस सिल्ड र पीपीई, ६ प्याकेट ग्लोब्स, १२ सय थान भीटीएम, एक सय थान अक्सिमिटरलगायतका स्वास्थ्य सामाग्री स्थानीय तहलाई उपलब्ध गराएको हो ।

गोरखा आरुपोखरी घर भएका खत्री सम्भव नेपालका संस्थापक अध्यक्ष हुन् । सम्भव नेपाल मार्फत यसअघि पनि उनले जिल्लाका विद्यार्थीलाई पोशाक तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?