१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्रसारण लाइनका विषयमा पूर्वी नवलपरासीमा विवाद, स्थानीयमाथि प्रहरीको धरपकड

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — विद्युत् प्रसारण लाइनमा अवरोध गरेको भन्दै पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका २ मा प्रहरीले स्थानीयलाई धरपकड गरेको छ । स्थानीयलाई जानकारी नदिएर व्यक्तिगत जग्गामा प्रसारण लाइनको पोल गाड्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

प्रसारण लाइनका विषयमा पूर्वी नवलपरासीमा विवाद, स्थानीयमाथि प्रहरीको धरपकड

स्थानीयले आयोजनाको विषयमा सार्वजनिक सुनुवाइ नभएको, प्रभावित व्यक्तिलाई जानकारी नगराएको भन्दै पोल गाड्न रोकेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरी र स्थानीयबीच तनाव उत्पन्नभएको थियो । झडपको अवस्था सिर्जना भएपछि प्रहरीले तीन जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिपकुमार गिरीले प्रसारण लाइनको काममा अवरोध गरेपछि तीन जना स्थानीयलाई नियन्त्रणमा लिएको बताए । तर स्थानीयले भने प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

यसैबीच नेपाल विद्युत् प्राधिकरणको हेटौंडा–भरतपुर बर्दघाट २ सय २० केभी प्रसारण लाइन आयोजना र पूर्वी नवलपरासीका विभिन्न स्थानका स्थानीयबीच देखिएका विवादप्रति नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले ध्यानाकर्षण जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?