कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एमसीसी राष्ट्र हितमा आउँछ : दाहाल

नारायण शर्मा

नवलपरासी — पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सुरु गर्ने एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी सम्झौता गरेर अघि बढाइने बताएका छन् ।

एमसीसी राष्ट्र हितमा आउँछ : दाहाल

उनले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने पनि बताए । संवाद अघि बढाउँदा केही परिमार्जन गर्नुपर्ने देखिए त्यसैबेला टुंगो लगाइने उनले दाबी गरे ।

पार्टी एकिकरणका मूलभूत काम सकिएको जानकारी दिँदै नेकपाका अध्यक्षसमेत रहेका दाहालले पार्टीका केही नसकिएका प्रसंग र सामन्जस्यता चाँडो टुंगो लगाइने चरणमा काम भइरहेको बताए ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कार्यकर्ता प्रशिक्षणमा बोल्दै दाहालले शुक्रबार उक्त कुरा बताएका हुन् । राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको उनले बताए । दाहालले शुक्रबार नै देवचुली नगरपालिकामा रहेको भिमसेन आर्दश माविको स्वर्ण जयन्ती स्तम्भको अनावरण गरेका थिए । आफू चितवनको प्रतिनिधि भएका कारणले चितवन र पूर्वी नवलपरासीको विस्तृत गुरुयोजना बनाएर अघि बढाउन आफू प्रयत्नशील रहेको पनि बताए ।

प्रकाशित : माघ १०, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?