नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए ।

आश्विन ५, २०८२

ज्योती श्रेष्ठ

A prisoner who escaped from Nakhkhu prison killed his wife

काभ्रे — नख्खु करागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले बताए । उनका अनुसार, शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन् । माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागल) बाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा  भेटिएको थियो ।

मनिषाको हत्यापछि सन्तबहादुर फरार छन् । ‘नख्खु कारागारबाट भागेको भनेर छिमेकीले एकदुई दिनअघि मात्रै थाहा पाएका थिए,’ केसीले भने, ‘घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा रहेछ, त्यसलगत्तै यस्तो घटना भयो ।’ सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए । 

प्रहरी घटनास्थलमा जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully