शीर मेमोरियल अस्पतालको बहिरंग भवन शिलान्यास

कार्तिक २१, २०८१

ज्योती श्रेष्ठ

Sheer Memorial Hospital's outdoor building foundation stone laying

काभ्रे — जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच ललितपुर हरिसिद्धि निवासी ९१ वर्षीय ज्येष्ठ नागरिक तप्तराज वन्तले अस्पतालमा निर्माण गर्न लागिएको बहिरंग भवन शिलान्यास गरेका हुन् । ५ करोड ५० लाख रुपैयाँ कूल लागत अनुमानमा ४ तला भवन बन्ने छ ।

पहिलो र दोस्रो तलाको लागि बनेपाका स्थानीय राजभाई प्रधानले ३ करोड ५० लाख रुपैयाँ सहयोग गर्नेछन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अस्पतालले निर्माण गर्न लागेको बहिरंग भवनबाट चाँडै नै जिल्लाका नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले भवन निर्माणका लागि नगरपालिका र जनप्रतिनिधिको तर्फबाट आवश्यक साथ र सहयोग हुने आश्वासन दिए । 

दाता प्रधानले समाजका लागि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले आफू अस्पताललाई दान दिन तयार भएको बताए । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले अस्पताल निर्माणका लागि सहयोग गर्ने दाता, प्राविधिक, व्यवस्थापक एवं सम्पूर्ण सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरेका थिए ।

Sheer Memorial Hospital's outdoor building foundation stone laying

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully