कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चितवनको माडीमा चट्याङ लागेर १ जनाको मृत्यु

भाद्र १६, २०८१

चितवन — चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार बिहान ९ बजे माडी नगरपालिका-१ शिकारीपुरकी ५० वर्षीया सरस्वती महतोलाई चट्याङ लागेको थियो । उपचारका क्रममा १० बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको हो ।

भैंसीगोठमा गएका बेलामा उनलाई चट्याङले लागेको हो । उपचारका क्रममा माडी बघौडा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १६, २०८१ १२:५६
x
×