मकवानपुर — वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार विज्ञान, प्रविधि, नवप्रवर्धनसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले ′विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ बिहीबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । उक्त विधेयक गत साउन १६ गते प्रदेशसभाबाट पारित भई प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष पेस भएको थियो ।
प्रमाणीकरण भएसँगै उक्त विधेयक ′विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ ।
