कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने

श्रावण ४, २०८१
वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने

मकवानपुर — नेपाली कांग्रेसले वाग्मती प्रदेशसभा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

कांग्रेस वाग्मती प्रदेश समितिको शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिँदैछन् । कांग्रेस–एमालेसहित नयाँ गठनबन्धन निर्माण भएसँगै प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । वर्तमान सरकारलाई कांग्रेस, एमाले, राप्रपाले विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन् ।

उनको पक्षमा हालसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एस र हाम्रो नेपाली पार्टी देखिएको छ । वाग्मतीमा कांग्रेस पहिलो पटक प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेको छ । वर्तमान गठबन्धनको केन्द्रीय सहमतिअनुसार वाग्मती नेतृत्व कांग्रेसको भागमा परेको छ ।


प्रकाशित : श्रावण ४, २०८१ १६:२०
×