कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाग्मती प्रदेश उपसभामुखमा एमालेकी अप्सरा चापागाईं चयन

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको उपसभामखुमा नेकपा एमालेकी सांसद अप्सरा चापागाईं चयन भएकी छन् ।सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजन अनुसार बहुमत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् । 

वाग्मती प्रदेश उपसभामुखमा एमालेकी अप्सरा चापागाईं चयन

बैठकमा कुल १०८ सांसद सहभागी भएका थिए । सभामुख भुवन पाठकबाहेक १०७ सांसदले मतविभाजन प्रक्रियामा सहभागी भएकोमा चापागाईंको पक्षमा ६१ मत परेको हो । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् ।

गठबन्धनमा भएको सहमतिअनुसार एमालेले वाग्मतीमा उपसभामुख प्राप्त गरेको हो । उनलाई माओवादी केन्द्र, एमाले, राप्रपा र हाम्रो नेपाली पार्टीको साथ रहेको थियो ।

उपसभामुखका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको पक्षमा ३ मत, विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए । बहमुत सदस्य विपक्षमा भएपछि उपसभामुखमा उनको प्रस्ताव अस्वीकृत गरिएको थियो ।

दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित : माघ २, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?