२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मुख्यमन्त्री जम्मकट्टेलको शपथ मंगलबार, एमालेका थपलिया र राप्रपाका थापा मन्त्री बन्दै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउने भएका हुन्। 

मुख्यमन्त्री जम्मकट्टेलको शपथ मंगलबार, एमालेका थपलिया र राप्रपाका थापा मन्त्री बन्दै

मंगलबार बिहान ९:३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्रीसँगै २ जना मन्त्रीले पनि शपथग्रहण गर्ने भएका छन्। सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपिलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा उनीसँगै पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । दुवैजनाले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिने सम्भावना रहेको बुझिएको छ ।

७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्। जसका कारण उनलाई भागबन्डा मिलाउन सकस पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २५, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?