कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया चयन

सुवास विडारी

मकवानपुर — नेकपा एमाले वाग्मती प्रदेश  संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । प्रदेशसभाको दोस्रो  ठूलो दल एमालेले थपलियालाई सर्वसम्मत रूपमा दलको नेता छनोट गरेको हो । 

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया चयन

बिहीबार हेटौंडामा बसेको संसदीय दलको वैठकले उनलाई दलको नेता चयन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

थपलिया चितवन १(१)बाट निर्वाचित भएका हुन् । दलको बैठकमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलको सहभागी थिए । थपलिया मुख्यमन्त्रीको दाबेदारसमेत हुन् । वाग्मती प्रदेशसभामा एमालेको २७ जना सदस्य छन् ।

प्रकाशित : पुस १४, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?