वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया चयन

पुस १४, २०७९

सुवास विडारी

मकवानपुर — नेकपा एमाले वाग्मती प्रदेश  संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । प्रदेशसभाको दोस्रो  ठूलो दल एमालेले थपलियालाई सर्वसम्मत रूपमा दलको नेता छनोट गरेको हो । 

बिहीबार हेटौंडामा बसेको संसदीय दलको वैठकले उनलाई दलको नेता चयन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

थपलिया चितवन १(१)बाट निर्वाचित भएका हुन् । दलको बैठकमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलको सहभागी थिए । थपलिया मुख्यमन्त्रीको दाबेदारसमेत हुन् ।  वाग्मती प्रदेशसभामा एमालेको २७ जना सदस्य छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully