कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दाहालले आफ्नै निर्वाचन क्षेत्रमा बनाए घर

कान्तिपुर संवाददाता

चितवन — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधनान्त्री पुष्पकमल दाहालले आफ्नै निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका-१४ शिवनगरमा नयाँ घर बनाएका छन् ।

दाहालले आफ्नै निर्वाचन क्षेत्रमा बनाए घर

सोमबार बिहान दाहाल औपचारिक रुपमा घर प्रवेश गरेका हुन् । शिवनगर दाहालको पुरानो ठाउँ हो । दाहाल सानै छँदा उनको परिवार कास्कीको ढिकुरपोखरीबाट बसाइँ सरेर शिवनगरमै आएर बसेको थियो ।

सोही ठाउँमा दाहालले हाल एकतले घर बनाएका हुन् । दाहालले अघिल्लो निर्वाचनमा शिवनगरमा भाडाको घर लिएर चुनावी अभियान चलाएका थिए । दाहाल सत्तारूढ गठबन्धनको उम्मेदवारका रूपमा फेरि चितवन-३ बाट उम्मेदवार हुने प्रवल सम्भावना छ ।

प्रकाशित : आश्विन १०, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?