कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

केन्द्रको निर्णय नमान्ने हेटौंडा कांग्रेसको घोषणा

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस हेटौंडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका क्रममा हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।

केन्द्रको निर्णय नमान्ने हेटौंडा कांग्रेसको घोषणा

पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल नै नगरेको बताए ।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ,’ उनले भने, ‘गठबन्धन दलहरुबीच भागबन्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता गर्दै सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’

प्रकाशित : वैशाख ७, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?