कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मानव अधिकार उल्लंघनका घटना बढ्दै

कान्तिपुर संवाददाता

हेटौंडा — वाग्मती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरू वृद्धि भएका छन् । सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ८३ जना पीडित भएका छन् । सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मा एक वर्षमा वाग्मती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा पीडित हुनेको संख्या बढी भएको उल्लेख गरिएको छ ।

२०२१ मा मानव अधिकार उल्लंघनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुषसहित जम्मा ८ सय ९० जना पीडित भएको अभिलेख भयो । यो संख्या गत वर्षको भन्दा ८१ बढी हो ।

हिरासतमा रहेका एक पुरुषसहित ५७ जनाको कारागारमा मृत्यु भएको छ । जसमध्ये ५ बन्दीको कोरोनाका कारण मृत्यु भएको थियो । महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा सन् २०२१ मा यस प्रदेशमा ३ सय ८९ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष बेचबिखनका प्रयासका घटनामा ७ जना पीडित भएका छन् । बलात्कारका घटनामा ३ सय ३, यौन दुर्व्यवहारको घटनामा ३ बालकसहित १ सय ७ जना पीडित भएका जनाइएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?