कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौँ — विदेशीलाई लक्षित गरी राजधानीमा अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार कीर्तिपुर नगरपालिका-६ चोभार, वडा नं. ९ नगाँउ र वडा नं. १० बागभैरवस्थित विभिन्न घर भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको छ । 

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

पक्राउ पर्नेहरूम कीर्तिपुर नगरपालिका–६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा, १७ वर्षीय समीर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रबिन खड्का, किर्तिपुर–१० बागभैरवका ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा ८ पाँगाका २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा ९ नगाँउका ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारसिउ गाउँपालिका घर भई कीर्तिपुर-५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीया रमादेवी श्रेष्ठ छन् ।

सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले ३ वटा घर भाडामा लिएर कर्मचारी राखेर चौबिसै घन्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएको छ । कर्मचारीहरूले फेसबुक आईडीमार्फत अमेरिकी तथा युरोपेली नागरिकहरूलाई साथी बनाई जुवा, फायर किरिङ, रिभर स्वीप्स, रिभर मोन्सटर, भेगास-एक्सलगायत अनलाइन जुवा खेल्न लिङ्क सेयर गरी उक्त खेलमा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको हो ।

खेल जित्ने पक्षलाई तोकिएको धनराशीसमेत पुरस्कारको रुपमा दिने गरेको देखिएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

जुवा खेलाउने व्यक्तिहरूले करिब १० महिनाअघिदेखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाएको पाइएको हो । उनीहरूको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटप, २ थान कम्प्युटरको सीपीयू, २ थान कम्प्युटर मनिटर, ३ थान राउटर, गेमिङ विवरण लेखिएको रजिस्टरलगायत सामग्री बरामद भएको महाशाखाले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित : माघ ६, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?