कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वाग्मतीमा थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त

सुवास विडारी

मकवानपुर — अल्पमतमा परिसकेको वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । 

वाग्मतीमा थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त

केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त भएका छन् ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका पाण्डेलाई विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो । शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठ सामाजिक विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेकी छन् । उनीहरुलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराएकी थिइन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजनपश्चात् गठन भएको नेकपा (एकीकृत समाजवादी) मा आफ्नो पार्टीका १३ सांसद आबद्ध भएसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । मुख्यमन्त्रीको शपथ लिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । तर, उनले नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा (एस) रोज्दै पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : भाद्र २३, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?