कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन केही सहज

रमेशकुमार पौडेल

चितवन — सातायता सेती दोभानमा निरन्तर पहिरो जाँदा अस्तव्यस्त बनेको नारायणगढ मुग्लिन–सडकमा बिहीबारदेखि यातायात आवागमन केही सहज भएको छ ।

नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन केही सहज

सडकमा रोकिएका लगभग सबै गाडी पार भइसकेकाले लामो जाम हुने अवस्था नरहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

बिहीबार रात परेपछि रोकिएका गाडीहरू पनि शुक्रबार बिहान साढे ५ बजेदेखि चल्न सुरु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । नारायणगढदेखि २० किलोमिटर टाढाको भोर्ले सेती दोभानमा सातादिनयता निरन्तर पहिरो खस्दै आएको छ ।

‘हिजो बिहीबार धेरै गाडी पार भएका कारण आजबाट सडकमा लामो जाम नहोला,’ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, ‘तर सेती दोभानमा पहिरो आउने समस्या अझै केही दिन कायम रहन सक्छ ।’ सेती दोभानमा असार १८ गते साँझ पहिरो खसेकोमा सोही ठाउँबाट दिनहुँजसो माटोको लेदो र ढुंगा झर्ने गरेका छन् । इन्जिनियर खनालले पहिरोको समस्या अझै सातादिन रहन सक्ने भन्दै सजग भएर यात्रामा गर्न आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी क्षेत्रसँग जोड्ने यो मुख्य मार्गमा दैनिक १० हजारसम्म गाडी ओहरदोहर गर्ने गरेको तथ्यांक छ ।

प्रकाशित : असार २५, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?