![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धादिङ — बेनिघाट रोराङ–२ ताल्तीमा बाढीले स्थानीय सिताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अर्को २ वटा होटलमा पनि बाढी पसेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मलेखु खोलाको बाढीले होटल बगायो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/huaxin-cement-dhading-0272021104803-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
यस्तै, हृवासिन सिमेन्टको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्याएको स्थानीय प्रहरीले जनाएको छ । निर्माणाधीन हृवासिन सिमेन्ट कम्पनी निर्माणस्थलमा बिहीबार र शुक्रबारको भीषण वर्षा पछि बाढी पसेको हो ।
कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी सिमेन्ट कम्पनी भित्र पसेको छ । सिमेन्ट कम्पनीको छेउछाउमा भएको निर्माण सामाग्री समेत बगाएको छ ।निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने चिनियाँ मजदुरहरुको आवासमा पनि बाढी पसेपछि कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको कम्पनीका स्थानीय व्यवस्थापक तुलसी थापाले बताए ।
अघिल्लो वर्षको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्याएको थियो ।
केही दिनदेखिको वर्षातले धादिङ जिल्लाका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । बिहीबार बिहान त्रिशूली नदीको बाढीले गजुरी गाउँपालिका–५, घाटबेसी नजिकै निर्माणाधीन मोटरेबल पुलमुनि रोकिराखेको एक्स्काभेटर बगाएको छ ।
बेनिघाट रोराङको मलेखु खोला, गल्छीको महेश खोला, थाक्रेको आग्राखोला, धादिङबेसीको थोपलामा आएको बाढी बढ्ने क्रममा छ । खनियाबासको आशीखोला, नेत्रावतीको किन्ताङखोला, लपाङखोला, त्रिपुरासुन्दरीको माङपाङ र कास्टे लगायतका खोलाहरूमा पनि बाढी आएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)