नरायणगढ–मुग्लिन सडकमा खस्यो भीमकाय ढुंगा

असार १७, २०७८

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेको छ । पहिरोले सो सडक बिहीबार सबेरैदेखि अवरुद्ध थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाको टोली दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो ।

पहाडबाट निकै ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै भएको थियो ।

ग्राभेल हालेर खाल्डो पुरेर एकतर्फी यातायात चलेको छ ।

तर ब्रेकरको सहायेगले मात्र ढुंगा फुटाउन सकिने हुँदा पूरै ढुंगा हटाएर दुईतर्फी यातायात चलाउन समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully