२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पत्रकार पेन्सनका लागि महासंघलाई १० लाख

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

मेयर हरिबहादुर महतले महासंघको मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंलाई शुक्रबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । वर्षौंसम्म पत्रकारिता गरेर अवकाश लिएका पत्रकारका लागि पेन्सनको व्यवस्था गर्न महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई साधारणसभाबाट पारित गर्ने तयारी छ ।

उमेर छउन्जेल काम गर्ने, बुढेसकालमा दैनिक छाक टार्न र परिवार चलाउन समस्या हुने भएकाले ज्येष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाईले बताए ।

प्रकाशित : मंसिर १२, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?