चितवनमा फेरि बाघले मान्छे मार्‍यो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा फेरि बाघले मान्छे मार्‍यो

रमेशकुमार पौडेल

चितवन — पाटेबाघले आक्रमण गर्दा चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ज्यान गएको यो तेस्रो घटना हो । शनिबार मात्रै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणमा परेर ज्यान गएको थियो । भदौ २२ मा पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयले बाघले आक्रमण गर्दा ज्यान गुमाएका थिए ।

कुमरोज वनमा चित्तल मारेर खाँदै गरेको बाघसँग बगुनाको जम्काभेट भएको हुन सक्ने सहायक संरक्षण अधिकृत अशोक रामले बताए । ‘पटिहानी क्षेत्रमा बाघले अरू सिकार गर्न नसकेर अशक्त भई मान्छे मारेको पाइएको थियो । त्यसलाई हामीले नियन्त्रणमा लियौं । कुमरोजमा पनि सिकार गरेर खाँदै गरेको अवस्थामा मान्छेसँग जम्काभेट भएको देखिन्छ,’ उनले भने । चितवन निकुञ्जमा गत वर्ष हात्ती र गैंडाको आक्रमणमा परी मध्यवर्ती क्षेत्रका पाँच जनाको निधन भएको थियो ।


प्रकाशित : आश्विन १२, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।

विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ । यस्तै यी स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण रोक्न पनि विभागले सूचना जारी गरेको छ ।

‘४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन’

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा(५०० मिली र ५ लिटर)का रहेका छन् ।

त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ( पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् ।

यसअघि विभागले ९ वटा ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन पाइएको भन्दै बिक्रीतिवरणमा रोग लगाइसकेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १२, २०७७ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×