कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा सरकारविरोधी प्रदर्शन

रमेशकुमार पौडेल

चितवन — भरतपुरको चौबिसकोठीमा बिहीबार सरकारको विरोधमा प्रदर्शन गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै भरतपुर नारायणगढ क्षेत्रका युवा, व्यवसायी र विद्यार्थीले स्वत: प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु प्लेट कार्ड बोकेर र अनुहारमा अनौठो लाग्ने मुखौटा लगाएर प्रदर्शनमा आएका थिए । 

भरतपुरमा सरकारविरोधी प्रदर्शन

सहभागीहरुले प्लेकार्ड बोकेर चौबिसकोठी चोकमा बिहान ११ बजेदेखि डेढ घण्टासम्म सरकारविरोधी मौन प्रदर्शन गरेका थिए । कोरोना नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब विवरण दिनु पर्ने, कोरोना परीक्षणका लागि आरडीटी नभएर पीसीआर गर्नु पर्ने, राष्ट्रपति कार्यालय र मन्त्रीहरुकका लागि नभएर क्‍वारेन्टाइन व्यवस्थापनका लागि खर्च गर्नुपर्नेजस्ता नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?