एन्टिअक्सिडेन्ट र न्युट्रेसनल सप्लिमेन्ट बेच्न रोक

चितवन — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक डा. जया श्रेष्ठ झापा काँकडभिट्टाबाट आएका बिरामी चन्द्रप्रसाद मैनालीलाई हेर्दै थिए । पेटमा क्यान्सर भएर उपचार गराउन आएका मैनालीको कागजपत्र हेरेपछि डा.श्रेष्ठले दुई औषधि खान नपर्ने बताए । बिरामीका आफन्ततर्फ हेर्दै डा.श्रेष्ठले भने, ‘यी औषधिको केही काम छैन ।’

डा.श्रेष्ठका अनुसार अन्य बिरामीका पुर्जामा पनि यस्ता दुई चारवटा औषधिको नाम लेखिएकै हुन्छ । बिरामीले भिटामिन भनेर बुझने ति एन्टिअक्सिडेन्ट ड्रग र न्युट्रिसनल सप्लिमेन्ट ड्रगहरू हुन् । बिरामीलाई फाइदा नगर्ने भए पनि यस्ता औषधि चिकित्सकले लेख्ने गरेको उनले बताए । ‘धमाधम लेखेको भेटेको छु । तर मैले लेखेको छैन । यी औषधिको आवश्यकता नै पर्दैन,’ डा.श्रेष्ठले भने ।


औषधि पसलमा भेटिने यी औषधि सरकारी निकायमा पनि दर्ता छैनन् । खाद्य विभागले दर्ता र बिक्री स्वीकृति दिएका कारण औषधि पसलमा भेटिने गरेका हुन् । डा. श्रेष्ठ भरतपुरको क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख हुन् । उनले असोज ३ शुक्रबार सूचना नै निकालेर क्यान्सरका बिरामीका लागि यस्ता औषधि लेख्न चिकित्सकलाई बन्देज लगाएका छन् ।


‘अब उप्रान्त एन्टिएक्स्डिन्ट ड्रग र न्युट्रिसनल सप्लिमेन्ट ड्रग हाम्रो अस्पतालका क्यान्सरका बिरामीलाई लेख्न (प्रेस्काइब) गर्न सख्त निषेध गरिएको छ,’ विभागीय प्रमुखका रूपमा डा. श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यदि विषम परिस्थिति आएर त्यस्ता औषधि लेख्नुपरेमा अस्पतालमा कार्यरत रजिस्ट्रार चिकित्सक (एमडी) वा सोभन्दा माथिल्लो तहको चिकित्सकबाट मात्रै लेखाउनुपर्ने सूचनामा जनाइएको छ । ‘यस्ता औषधिले नसर्ने रोगको जटिलतालाई रोक्छ भन्ने विश्वास रहेको देखिन्छ,’ डा.श्रेष्ठले भने ।


क्यान्सर भएका बिरामीले नियमित औषधिबाहेक पोषणका लागि घरमै उपलब्ध प्राकृतिक खाद्य र फलफूल खाने गर्नु नै सबैभन्दा राम्रो हुने उनले बताए । तर अन्य औषधिको नाममा पैसा मात्रै खेर गइरहेको उनले बताए । क्यान्सर भएर रेडियो थेरापी गरेका र केमो थेरापी गरेका बिरामीको शारीरिक अवस्था कमजोर हुने गर्छ । यस्ता बिरामीलाई फाइदा गर्छ भनेर अन्य खालका औषधि भिडाउने गरेको चिकित्सक बताउँछन् ।


एकजना क्यान्सरका बिरामीले महिनामा थप १० हजार रुपैयाँसम्म त्यस्ता औषधिमा खर्च गर्ने गरेको चिकित्सकले बताए । यो समस्या क्यान्सरका बिरामीलाई मात्रै छैन, अन्यत्र पनि छ । नेपाल चिकित्सक संघ चितवनका सचिव तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी पनि चिकित्सकले यस्ता औषधिलाई प्रोत्साहित गर्न नहुने बताउँछन् ।


‘दीर्घरोगमा काम गर्छ भनेर चिकित्सकले नलेख्ने हैनन तर यसले राहतभन्दा आहत देलाझैं पो हुन थाल्यो । बिरामीले मुख्य औषधि नै खान छाडेर यी नै औषधि मात्रै खाएर बस्ने हुन कि भन्ने खतरा बढेर गएको छ,’ डा.अधिकारीले भने । त्यसैले यस्ता औषधिको बिक्रीबारेमा निगरानी गर्न सरकारी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए । चिकित्सकले लेख्न छाडे बिक्री स्वत घटेर जाने अवस्था पनि छ ।


औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री यी औषधिमा हुनु पर्ने जति पोषणको मात्रा नभेटिएको बताउँछन् । ‘२०४९ सालमा राजपत्रमा नै सूचना प्रकाशित भएको छ । हामीले यो औषधि बेच्न

दिएका छैनौं ।


प्रकाशित : आश्विन ९, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?