कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी दुवै जनालाई जनही ६ लाख २० हजार ९६ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार आब २०७४/०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग खरिद गरेका ५७ किसिमका औषधिको कानुनविपरीत भुक्तानी आदेश दिएकोमा प्रमुख प्रशासकीय अधिकृत झा र लेखा पाल कुसियैतलाई कसुरदार देखाइएको छ । खरिद गरिएका औषधि जिन्सी दाखिला प्रतिवेदनविनै आपूर्तिकर्ताले पेश गरेको बिलअनुसार भुक्तानी आदेश दिएको अनुसन्धानबाट खुलेको छ ।

‘नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६ लाख २० हजार ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे/गराएको हुँदा निजलाई हानीनोक्सानी भएको रकमलाई बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन हानिनोक्सानी भएको बिगो असुलउपर हुन साथै जिन्सी मालसामानको खातामा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको विबरण दाखिला गरेको बनाई बनाउन लगाई उक्त खातालाई प्रमाणित गरी सरकारलाई हानि पुर्‍याउने बदनियतले गलत लिखत तयार गरी/गराई कसुर गरेको पुष्टि हुन आयो’ अख्तियारको अभियोगपत्रमा भनिएको छ ।


प्रकाशित : असार २५, २०८१ १७:४०
x
×