कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

शंकर आचार्य

पर्सा — पतञ्जली आर्युवेद प्रालिमा जागिर लगाइदिने प्रलोभन दिइ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहदुरमाई नपा ५ निवासी २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

कुशवाहाले २०७९ साउन ५ गते पर्सा विन्दवासिनी गाउँपालिका ४ का २० वर्षीय अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रालिमा कामदारको खाँचो रहेको र आफू उक्त कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनि उक्त कम्पनीको नक्कली परिचय पत्र देखाइ २५ हजार रुपैयाँ लिएको आरोप छ । अंकेशले अमनलाई आफ्नो बैंक खातामा २५ हजार रुपैयाँ हाल्न लगाएका थिए ।

अमनले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी सम्बन्धी कसुर मुद्दाको जाहेरी दरखास्त दिएपछि प्रहरीले अंकेशलाई खोजतलास गर्ने क्रममा मंगलबार उनकै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध ठगी सम्बन्धीको कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?