बारा-२ मा यादवसँग मतान्तर घटाउँदै कुशवाहा 

वैशाख १२, २०८०

लक्ष्मी साह

बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअनर्गत जारी मतगणनामा बारा-२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै गएका छन् । मंगलबार दिउँसो ५ हजार २ सय ३ मतले अग्रता लिएका जनता समाजवादीका उपेन्द्र यादवले ६ बजेर ४७ मिनेटसम्ममा २ हजार ६ सय ६५ मतले मात्रै अगाडि देखिएका छन् ।

कुशवाहाले २ हजार ५ सय ३८ मतान्तर घटाएका हुन् । कुसवाहाले आफ्नो प्रभाव क्षेत्र मानिएको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाबाट मतान्तर घटाएका हुन् ।

मंगलबार साँझ ६ बजेर ४७ मिनेटको मत परिणामअनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले २० हजार ४६३, जनमतका कुशवाहाले १७ हजार ७९८ मत ल्याएका छन् । 

एमालेका पुरूषोत्तम पौडेलले ६ हजार १२१, रास्वपाका रमेश खरेलले २ हजार ४६६ र आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार १७७ मत प्राप्त गरेका छन् । 

क्षेत्रभर कुल खसेको मत ६९ हजार १०७ मतमा ५० हजार १६१ मत गणना भइसकेको छ । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully