लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा

पुस २७, २०७९

कान्तिपुर संवाददाता

जनकपुर — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् । काठमाडौंमा बुधबार शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीको उपस्थितिमा महोत्तरीबाट चुनाव जितेका शर्मालाई दलको नेता चयन गरिएको हो । 

लोसपामा दलका नेता बन्न जीतेन्द्र सोनलले जोडबल गरेका थिए । तर, सोनललाई किनारा लगाउँदै शर्मा दलका नेता बनेका हुन् ।

शर्माले प्रदेशसभा चुनावमा जसपाका दीपेन्द्र झालाई पराजित गरेका थिए । मधेस प्रदेशमा लोसपाका ९ जना सांसद छन् । 

कान्तिपुर

Link copied successfully