कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मधेस प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित

सन्तोष सिंह

धनुषा — मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित भएका छन् । उनले प्रदेशका २२ सांसदमध्ये १८ मत पाए । प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

मधेस प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित

रौतहटबाट प्रदेशसभामा निर्वाचित कृष्णा कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुन् । रामसरोज धनुषाबाट प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

दलको नेता चयनका लागि कांग्रेसको पार्टी कार्यालयमा बिहिबार मतदान भएको हो ।

नेता चयनका लागि चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । यो प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो । सरकार गठनको समीकरण फेरबदल भएपछि दलको नेता चयन गर्न केही ढिलाइ भएको हो । एक साता पहिले केन्द्रले तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।

दलको नेता चयन भएका कृष्णा पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका छन् ।

प्रकाशित : पुस १४, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?